थवाङ पहिरोप्रति प्रचण्डद्वारा दुःख व्यक्त, उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण
ratopati.com · Thu Aug 13 07:05:53 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रोल्पाको थवाङमा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । समाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै प्रचण्डले भनेका छन्, ‘विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा भएको जनधनको ठूलो क्षतिले मर्माहत बनेको छु।’
उनले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पूर्वी रुकुमलगायत मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध भई यात्रुहरू अलपत्र परेको र जनजीवन प्रभावित भएकोप्रति पनि उनले ध्यानाकर्षण गराएका छन्।
Read full story at source (ratopati.com)