‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तक
baahrakhari.com · Thu Aug 13 07:12:42 GMT 2026

बुधबार काठमाडौंमा नेपाल कानुन व्यवसायी परिषद्ले आयोजना गरेको कार्यक्रममा रिनोवेसन नेपालले प्रकाशनमा ल्याएको अधिवक्ताद्वय उद्धवप्रसाद अधिकारी र रामबाबु नेपालद्वारा लिखित ‘न्यायिक समितिको सारथी’ लाई उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत गरियो ।
कार्यक्रममा सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पुस्तकका लेखकहरूलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरे । ‘न्यायिक समितिको सारथी’ स्थानीय तहमा न्यायिक समितिको कार्यसम्पादन, विवाद समाधान तथा मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउन तयार गरिएको व्यवहारिक कानुनी सन्दर्भग्रन्थ भएको जनाइएको छ ।
Read full story at source (baahrakhari.com)