दक्षिण कोरियाको इन्चोन विमानस्थल विश्वकै सबैभन्दा व्यस्त
ratopati.com · Thu Aug 13 07:45:52 GMT 2026

सोल । बेलायतको लन्डनस्थित हिथ्रो विमानस्थललाई उछिन्दै दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ । यात्रु आवागमनका आधारमा पहिलो पटक इन्चोन विमानस्थल विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको हो ।
एयरपोर्ट काउन्सिल इन्टरनेसनल (एसीआई) को प्रारम्भिक तथ्यांकअनुसार सन् २०२६ को पहिलो ६ महिनामा इन्चोन विमानस्थलबाट ३ करोड ८४ लाख यात्रुले यात्रा गरेका छन् । सोही अवधिमा हिथ्रो विमानस्थलबाट ३ करोड ७७ लाख ९० हजार यात्रुले यात्रा गरेका छन् । तेस्रो स्थानमा सिंगापुरको चाङ्गी विमानस्थल रहेको छ । समीक्षा अवधिमा यो विमानस्थल भएर ३ करोड ४५ लाख ३० हजार यात्रुले यात्रा गरेका छन् ।
Read full story at source (ratopati.com)