सिंहदरबार परिसरमा सहुलियत मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। सिंहदरबार परिसरमा कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गर्दै सहुलियत मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याइएको छ। बिहीबार मन्त्रालय परिसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले एक कार्यक्रमबीच उक्त बिक्री कक्षको उद्घाटन गरेकी हुन्।
बिक्री कक्षको उद्घाटन गर्दै मन्त्री यादवले कार्यालय समयपछि घर फर्किने क्रममा कर्मचारीहरूले सहजै किनमेल गर्न सक्ने भएकाले यसबाट समयको बचत हुने र व्यापार प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन्। सिंहदरबार प्रवेश गर्ने सबैलाई यस कक्षको अवलोकन तथा सेवा लिन आग्रह गर्दै उनले हाल यस्ता बिक्री कक्षहरू विभिन्न पाँच स्थानमा सञ्चालनमा रहेको र आगामी दिनमा यसलाई थप विस्तार गर्ने योजना रहेको बताइन। साथै, निजी क्षेत्रका भाटभटेनी जस्ता सुपरमार्केटहरूमा समेत सरकारी स्टल राख्ने विषयमा गृहकार्य भइरहेको उनको भनाइ थियो।
Read full story at source (hamrakura.com)