पारा एसियाडमा ३५ खेलाडी सहभागी गराउने तयारी
ratopati.com · Thu Aug 13 07:52:56 GMT 2026
काठमाडौँ । जापानको आइची–नागोयामा आयोजना हुने पाँचौँ पारा एसियाली खेलकुद २०२६ मा नेपालले १८ खेलमा सहभागिता जनाउने तयारी गरेको छ । प्रतियोगितामा नेपालका तर्फबाट झन्डै ३५ जना अपाङ्गता भएका खेलाडी तथा २९ जना प्रशिक्षक, अफिसियल र सम्बन्धित खेलमा खेलाडीका सहयोगीसहित सहभागी हुने तयारी रहेको राष्ट्रिय पारा ओलम्पिक कमिटी (एनपीसी) नेपालका वरिष्ठ उपाध्यक्ष केदार बाबु शिवाकोटीले जानकारी दिएका छन् ।
पारा एसियाडमा नेपालको सहभागिता तथा तयारीका लागि आवश्यक व्यवस्था गरिदिन माग गर्दै एनपीसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाएको छ । साथै शिक्षा तथा खेलकुदमन्त्री सस्मीत पोखरलसँग पनि आवश्यक सहयोगको माग गरेको एनपीसीका वरिष्ठ उपाध्यक्ष शिवाकोटीले बताए ।
Read full story at source (ratopati.com)