भदौ ११ गते कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने
rajdhanidaily.com · Thu Aug 13 07:55:35 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने भएको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बिहीबार बसेको सातौँ बैठकले पार्टी केन्द्रीय कार्यालय परिसरमा सम्मेलन गर्ने निर्णय गरेको हो ।
पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले स्टार्टअप तथा साना, मझौला उद्यममा संलग्न महिलालाई सम्मेलनमा सहभागी गराउने निर्णय गरेको छ ।
Read full story at source (rajdhanidaily.com)