चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण
nepalnews.com · Thu Aug 13 07:59:52 GMT 2026

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न मिति र स्थानबाट चोरी भएका ५० थान दुइपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
प्रहरीले खोजतलास गरी बरामद गरेका ३० थान मोटरसाइकल र २० थान स्कुटर आज एक कार्यक्रमबीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले खोजतलासबाट फेला पारिएको सवारीसाधन सम्बन्धित सवरी साधन धनीलाई हस्तान्तरण गरेका हुन्।
Read full story at source (nepalnews.com)