गर्मीले खेतमै आलु उसिनिए, तापक्रमले नयाँ रेकर्ड बनायो
ratopati.com · Thu Aug 13 08:02:58 GMT 2026

सोल । पूर्वी एसियाका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा यसअघि कहिल्यै नदेखिएको स्तरको गर्मी देखिएको छ । अत्यधिक गर्मीका कारण जनजीवनसँगै कृषि र पशुपालनमा समेत ठूलो क्षति पुगेको छ ।
दक्षिण कोरियाको राजधानी सोलबाट करिब १३० किलोमिटर उत्तरपूर्वमा रहेको गाङ्वोन प्रान्तको याङ्गु जिल्लाका किसान ली साङ–ह्युकले गर्मीका कारण आलु बाली नष्ट भएको बताएका छन् । केही दिनअघिसम्म राम्रो देखिएका आलु खन्दा नरम र गलेको अवस्थामा भेटिएको उनको भनाइ छ । आलुको अवस्था लगभग उसिनिएको जस्तो रहेको उनले बताएका छन् ।
Read full story at source (ratopati.com)