सरकारलाई पूर्वाधार विकास समितिको निर्देशन- ‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी उपलब्ध गराउनू’
kendrabindu.com · Thu Aug 13 08:17:19 GMT 2026

काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आम नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी उपलब्ध गराउने कामलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल गर्दै नागरिकलाई स्वच्छ, सुरक्षित र पर्याप्त खानेपानी उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्धरूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो।
Read full story at source (kendrabindu.com)