देशभरको खानेपानी समस्या समाधान गर्न सरकारलाई निर्देशन
baahrakhari.com · Thu Aug 13 08:15:35 GMT 2026

काठमाडौं । संसदीय समितिले नागरिकलाई स्वच्छ, सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले यस्तो निर्देशन दिने निर्णय गरेको समिति सभापति आशिष गजुरेलले बताए । उनका अनुसार, बैठकले मधेस प्रदेश तथा तराई क्षेत्रमा स्यालो ट्युबेलबाट खानेपानी उपलब्ध हुन छाडेका स्थानमा तत्काल वैकल्पिक स्रोतको व्यवस्था गरी खानेपानीको आपूर्ति गर्न सरकारलाई निर्देशन दिएको छ ।
Read full story at source (baahrakhari.com)