शुक्रबार बिहान ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने
nepalviews.com · Thu Aug 13 08:34:37 GMT 2026

काठमाडौं । पाटन सबस्टेशनको ६६ केभी बसबारको मर्मतसम्भार गर्नुपर्ने भएकाले भोलि बिहान ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भोलि भाद्र २९ गते बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गरी सटडाउन लिन लागिएको हो । सटडाउनका कारण पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
Read full story at source (nepalviews.com)