स्वदेश फर्किएलगत्तै देउवाले भने- शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ
lokaantar.com

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन् ।
बिहीबार स्वदेश फर्किएका देउवाले जारी गरेको विज्ञप्तिमा मुलुक अहिले परिवर्तनको आकांक्षाबाट अघि बढिरहेको भन्दै त्यसलाई सम्बोधन गर्नु वर्तमान सरकारको दायित्व भएको बताएका छन् । उनले जनताको आकांक्षा पूरा गर्ने बाटोमा सरकार अघि बढ्नुपर्ने र राजनीतिक आग्रह–पूर्वाग्रहमा अल्झिन नहुने धारणा राखेका छन् ।
Read full story at source (lokaantar.com)