देउवा फर्केपछि रामहरि खतिवडाले भने- अब पार्टीमा मिलेर जाने वातावरण बन्छ
nepalpress.com · Thu Aug 13 08:33:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई एकताबद्ध बनाएर देशको प्रजातन्त्रवादी समूहलाई एकजुट बनाएर लान पूर्वसभापति शेरबहादुर देउवाको महत्त्वपूर्ण भूमिका हुने बताएका छन्। देउवा फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालको राजनीतिमा देउवाको आगमनले ठूलो भूमिका खेल्ने बताए।
उनले भने, ‘अहिले आन्तरिक राजनीतिमा पनि नेपाली कांग्रेसलाई मिलाएर लिएर जानुपर्ने आवश्यकता छ। हामी सबै नमिल्कन नेपालको प्रजातन्त्र र नेपालको लोकतान्त्रिक पद्धति दरो हुन सक्दैन। कांग्रेस कमजोर हुँदाको परिणाम आज देखिन थालेको छ। राष्ट्रियता कमजोर भएको छ। संवैधानिक व्यवस्थापन कमजोर भएका छन्। संसदीय प्रजातन्त्र कमजोर भएको छ, संसद्को अवस्था कमजोर भएको छ।’
Read full story at source (nepalpress.com)