पिएसजीले जित्यो युइएफए सुपर कप, एस्टन भिल्ला २-१ ले पराजित
arthasansar.com · Thu Aug 13 08:31:10 GMT 2026
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एस्टन भिल्लालाई २-१ ले पराजित गर्दै युइएफए सुपर कपको उपाधि लगातार दोस्रोपटक जितेको छ। रेड बुल एरिनामा बुधबार राति भएको फाइनलमा पिएसजीले २०औँ मिनेटमा ख्विचा क्वारात्स्खेलियाको गोलबाट अग्रता लियो। तर, पहिलो हाफको अन्तिम मिनेटमा एस्टन भिल्लाका १७ वर्षीय ब्रायन माड्जोले गोल गर्दै खेल बराबरीमा ल्याए।
पिएसजीका डिजिरे डुएले ६२औँ मिनेटमा निर्णायक गोल गरे। अफसाइडको सम्भावनालाई भीएआरमार्फत जाँच गरेपछि उनको गोलले मान्यता पाएको थियो। योसँगै च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष जितेको उपाधि रक्षा गरेको छ। उसले गत वर्ष टोटनहम हटस्परलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलोपटक सुपर कप जितेको थियो।
Read full story at source (arthasansar.com)