सामाजिक सञ्जालमा सरकारी सूचना बेचेर पैसा कमाएको आरोपमा राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा दायर
techpana.com · Thu Aug 13 08:50:09 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत सरकारी सूचनाबाट पैसा कमाउने प्रयास गरेको भन्दै संघीय अदालतमा मुद्दा दायर भएको छ । बुधबार न्यूयोर्कको संघीय अदालतमा दायर यो मुद्दा फ्रिडम अफ द प्रेस फाउन्डेसन र समाचार संस्था द इन्टरसेप्टले दर्ता गराएका हुन् ।
समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) का अनुसार, ट्रम्पले आफ्नो कम्पनी ट्रुथ सोसलमार्फत नीति, युद्ध र भन्सारजस्ता महत्वपूर्ण सरकारी विषयका पोस्ट सार्वजनिक हुनुअघि नै शुल्क तिरेका ग्राहकलाई विशेष पहुँच दिएर आम्दानी गर्न खोजेको आरोप लगाइएको छ ।
Read full story at source (techpana.com)