निर्वासनबाट फर्किएपछि देउवाले भने– आत्मसमीक्षा र मार्ग सुधारका लागि प्रतिवद्ध छु
corporatenepal.com · Thu Aug 13 08:47:40 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विगतमा माओवादीको सशस्त्र द्वन्द्वदेखि मुलुकका जटिल राजनीतिक घटनाक्रमहरूका साथै नेपाली कांग्रेसभित्रका विवादहरूमा मिलाप गराएको अनुभव आफूसँग रहेको बताएका छन् ।
देउवाले आफ्नो अपिलपत्रमा आफ्नो विगतको अनुभव राज्य र पार्टीले लिनुपर्ने बताएका छन् । पाँच महिनाको निर्वासित जीवनपछि नेपाल फर्किएका देउवाले भनेका छन्, मैले राजनैतिक रुपमा लिनु पर्ने केही छैन तर मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नु पर्छ र त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु मेरो दायित्व पनि हो। नेपाली कांग्रेसप्रतिको मेरो अटुट विश्वास र माया कहिल्यै कम हुने छैन ।’
Read full story at source (corporatenepal.com)