‘मानसिक समस्या र सामाजिक विचलन रोक्न योग र ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्छ’
ratopati.com · Thu Aug 13 09:05:52 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले मुलुकमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या, सामाजिक विचलन र कृषि क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न योग र ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्ने बताएकी छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सापकोटाले नेपालमा लोकतन्त्र र नागरिक अधिकार प्राप्तिका लागि विगत ८० वर्षदेखि नेताहरूले गरेको योगदानको स्मरण गरिन्। उनले जननेता बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको लोकतान्त्रिक आन्दोलनमा रहेको भूमिकाको चर्चा गर्दै प्राप्त अधिकारको जगमा उभिएर वर्तमान समस्याहरूको समाधान खोज्नुपर्ने बताइन्।
Read full story at source (ratopati.com)