ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिट बिदा हुँदै
nepalsamaya.com · Thu Aug 13 09:16:00 GMT 2026

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यही महिनाको अन्त्यमा पद छाड्ने घोषणा गरेका छन्। २८ वर्षीया लेभिट ह्वाइट हाउसको प्रेस सचिव बन्ने सबैभन्दा कम उमेरकी व्यक्ति हुन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत लेभिटलाई आफ्ना सबैभन्दा विश्वासिला सहयोगीमध्ये एक भन्दै उनले आफ्ना छोराछोरी र परिवारसँग बढी समय बिताउन पद छाड्न लागेको बताएका छन्। ट्रम्पले उनको निर्णयलाई आफूले बुझ्ने र सम्मान गर्ने बताएका छन्।
Read full story at source (nepalsamaya.com)