सिन्धु घाटी सभ्यतामा पीपल
nepalnews.com · Thu Aug 13 09:15:08 GMT 2026

सिन्धु घाटी सभ्यताअन्तर्गत मोहनजोदडो र हडप्पा क्षेत्रबाट प्राप्त कतिपय मुद्रामा पीपलको आकृति अंकित छ। यो सभ्यताको सुरुआत इसापूर्व ७००० तिर प्रारम्भिक कृषि, पशुपालन र गाउँबस्तीको विकाससँगै भएको हो। तर, यो सभ्यता परिपक्व भएको दृष्टान्तका रूपमा रहेका योजनाबद्ध नगर, विकसित जलनिकास, लेखन प्रणाली तथा व्यापार-व्यवसायको व्यापकता आदिको सुरुआत इपू २६०० देखि १९०० सम्म भएको मानिन्छ। उत्खननका क्रममा अनेकौँ कला र वास्तुकला पाइए। त्यसमा एउटा पीपल वृक्ष र पातको आकृतिलाई प्रायले धार्मिक जीवनसँग जोडेर बुझेको पाइन्छ।
हिन्दु धर्ममा पीपललाई पवित्र मानेर पूजा गरिन्छ। बौद्धहरू पनि पीपललाई बोधिवृक्ष मान्छन् र श्रद्धा गर्छन् भनेर अर्थ्याइएको पाइन्छ। तर, यी सामान्य बुझाइ भ्रमोत्पादक छन्। यसलाई अलि गहिरिएर बुझ्न सकिएन भने कुहिरोमा काग जसरी हराउने खतरा पनि भएकाले यसबारे अलि घोत्लिनैपर्ने अवस्था छ।
Read full story at source (nepalnews.com)