नेपाल इन्जिनियरिङ कलेज र मधुसूदन फाउन्डेसनबीच समझदारी, विपन्न विद्यार्थीलाई स्नातकोत्तर अध्ययनमा छात्रवृत्ति
ictsamachar.com

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज र मधुसूदन भण्डारी मेमोरियल फाउन्डेसन बीच स्नातकोत्तर तहका योग्य तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा समझदारी गरिएको छ ।
मंगलबार भएको समझदारी अनुसार फाउन्डेसनले नेपाल इन्जिनियरिङ कलेजमा अध्ययन गर्ने एक जना स्नातकोत्तर तहका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेछ । छात्रवृत्ति सन् २०२६ को स्प्रिङ इन्टेक अन्तर्गत अध्ययन गर्ने विद्यार्थीका लागि लागू हुनेछ ।
Read full story at source (ictsamachar.com)