पत्रकार किशोर श्रेष्ठ पक्राउ : प्रेस काउन्सिलले गरायो ध्यानाकर्षण
baahrakhari.com · Thu Aug 13 09:41:00 GMT 2026

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएका विषयमा प्रेस काउन्सिल नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । काउन्सिलले बिहीबार (साउन २८) विज्ञप्ति जारी गरी मिडिया र पत्रकारले आचारसंहिता उल्लंघन गरे उजुरी गर्ने निकाय आफू रहेको भन्दै कानुनी व्यवस्थाबारे सबैको ध्यानाकर्षण गराएको हो ।
“आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राति पक्राउ गरी उहाँको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
Read full story at source (baahrakhari.com)