रोल्पा पहिरो : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँचजना अझै बेपत्ता
baahrakhari.com · Thu Aug 13 09:46:00 GMT 2026

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा गएराति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । पहिरोमा परी बेपत्ता पाँचजनाको खोजीकार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर घाइते छन् । उनीहरू दुवैजनालाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ ।
Read full story at source (baahrakhari.com)