हर्मुज नखुलेको इरानको दाबी
ajakoartha.com · Thu Aug 13 10:02:00 GMT 2026

इरानले हर्मुजको जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार गर्दै रणनीतिक जलमार्ग अझै अवरुद्ध रहेको र तेहरानले राखेका सर्त पूरा नभएसम्म पूर्ण रूपमा नखोलिने जनाएको छ । यससँगै महत्त्वपूर्ण समुद्री मार्गलाई लिएर अमेरिका र इरानबीचको दाबी–प्रतिदाबी थप चर्किएको छ ।
पर्सियन गल्फ स्ट्रेट अथोरिटी ९पिजिएसए० ले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी अधिकारीहरूले हर्मुजको जलघाँटी अवरुद्ध नरहेको भन्दै गरेका दाबीले वास्तविक अवस्था परिवर्तन नगर्ने बताएको छ । संस्थाका अनुसार जलघाँटी अझै अवरुद्ध छ र इरानले राखेका सर्त स्वीकार नभएसम्म त्यसलाई पुनः खोलिने छैन ।
Read full story at source (ajakoartha.com)