एक वर्षमै आठ विकास बैंकको नाफा ६४ प्रतिशतले बढ्यो, कुन बैंकको कति ?
ajakoartha.com · Thu Aug 13 10:00:00 GMT 2026

काठमाडौं– राष्ट्रिय स्तरका आठ विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा विकास बैंकहरूको खुद नाफा ६३.८२ प्रतिशतले बढेको हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय स्तरका आठ विकास बैंकले कुल ५ अर्ब २८ करोड ५७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएका थिए। एक वर्षको अवधिमा बैंकहरूको संयुक्त नाफा ३ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीले बढेको देखिन्छ।
Read full story at source (ajakoartha.com)