तनहुँवासीको गुन र ऋण कहिल्यै नबिर्सने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता
bishowkhabar.com · Thu Aug 13 10:15:14 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तनहुँवासीले आफूलाई दुई पटक प्रतिनिधिसभा सदस्यमा विजयी गराएको गुन र ऋण कहिल्यै नबिर्सने बताएका छन् । व्यास नगरपालिका–१० दुम्सीमा बिहीबार मतदातासँगको भेटघाटमा उनले जनताको विश्वासले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गरे ।
उनले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सीमित स्रोतसाधनका बीच पनि जनताका अपेक्षा पूरा गर्न सरकार सक्रिय रहेको बताए । “बजेटका सीमाहरू छन्, रकम थोरै छ। जनताका अपेक्षा धेरै छन्। जुन बस्तीमा पुगे पनि खानेपानी, सडक, विद्यालय, स्वास्थ्यचौकी, तटबन्धन र खेलमैदानका माग आउँछन्। सरकारले सक्दो ती माग सम्बोधन गर्ने प्रयास गरिरहेको छ,” उनले भने ।
Read full story at source (bishowkhabar.com)