प्रमुख प्रतिपक्षी नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबिच भेटवार्ता
ratopati.com · Thu Aug 13 10:20:00 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबिच भेटवार्ता भएको छ। बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।
भेटमा आङ्देम्बेको शुक्रबार हुने चीन भ्रमण, ग्वाङ्झाउमा नेपाली संवत् अनुसार यही साउन ३० र ३१ गते आयोजना हुने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एघारौँ एसिया क्षेत्रीय सम्मेलन तथा नेपाल–चीन द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ।
Read full story at source (ratopati.com)