पत्रकार श्रेष्ठको पक्राउ र कम्प्युटरलगायतका सामग्री जफत गरेको घटनाप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण
annapurnapost.com · Thu Aug 13 10:17:12 GMT 2026

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पत्रकार श्रेष्ठको निवासमा खानतलासी र सञ्चार माध्यमको कार्यालयमा समेत छापा मारिएको घटनाप्रति काउन्सिलले आपत्ति जनाएको हो।
काउन्सिलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमको कार्यालयमा हतियारसहित प्रवेश गरी कम्प्युटरलगायतका सामग्री जफत गरिएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको हो।
Read full story at source (annapurnapost.com)