कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने
baahrakhari.com · Thu Aug 13 10:24:31 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने भएको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठकले सम्मेलन गर्ने जनाएको हो । सम्मेलनमा स्टार्टअप एवम साना तथा मझौला उद्यमी सहभागी हुनेछन् ।
पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले महिला उद्यमीलाई एउटै साझा मञ्चमा ल्याई अनुभव आदानप्रदान, लगानीकर्तासँग भेटघाट, सरकारी निकायसँग समन्वय, नयाँ बजारको खोजी तथा प्रेरणादायी वातावरण निर्माण गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको बताए ।
Read full story at source (baahrakhari.com)