‘विदेशबाट फर्किएका नेपालीको सीप, पुँजी र प्रविधि राष्ट्र निर्माणमा लगाउनुपर्छ’: शंकर पोखरेल
kalakarmi.com · Thu Aug 13 10:43:26 GMT 2026

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशबाट फर्किएका नेपालीको सीप, अनुभव, पुँजी र प्रविधिलाई राष्ट्र निर्माणमा उपयोग गर्न राज्यले रिटर्नीमैत्री नीति तथा कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।
‘रिटर्नीमैत्री नीति र पुनः एकीकरण : सदनको भूमिका र राज्यको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले विदेशमा हासिल गरेको अनुभवलाई उद्यमशीलतामा प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले रिटर्नीका अपेक्षालाई नीति र कानुनमार्फत सम्बोधन गर्नु जायज भएको उल्लेख गर्दै राष्ट्रिय नीति सही हुनुपर्ने र त्यसलाई कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण हुनुपर्नेमा जोड दिए ।
Read full story at source (kalakarmi.com)