कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण
annapurnapost.com · Thu Aug 13 10:53:53 GMT 2026

कुमारी बैंकको गढवा शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ।
खुमा पौडेलका श्रीमानको दुःखद दुर्घटनाजन्य निधनपश्चात परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गढवा शाखाले रु. १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो। उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास बैंकले लिएको छ।
Read full story at source (annapurnapost.com)