रोल्पामा पहिरो : मृतकको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता
nepalnews.com · Thu Aug 13 11:19:38 GMT 2026

काठमाडौँ। अविरल वर्षाको कारण रोल्पाको थवाङ गाउँपालिका ५‚ कोटलबारामा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या सात पुगेको छ। पहिरोमा परेर अझै पाँच जना बेपत्ता छन्।
बुधबार बेलुका गएको पहिरोमा परी बेपत्ता पाँच जनाको खोजीकार्य जारी राखिएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। पहिरोमा परेर सोही ठाउँका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्तीमगर घाइते भएका छन्। उनीहरू दुवैलाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारका लागि बुटवल पठाइएको छ।
Read full story at source (nepalnews.com)