कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुने
ratopati.com · Thu Aug 13 11:54:59 GMT 2026

सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत लिने तयारी गरेका छन् । यद्यपि मिति चाहिँ घोषणा भएको छैन । तर भदौ २ गते बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिनसक्ने गरी छलफल चलाइरहेका छन् । ‘विश्वासको मत लिनेबारे छलफल चलिरहेको छ, ३० गतेसम्म सबै कुरा थाह होला,’ उनी निकट स्रोतले भन्यो, ‘दुई दिन अगाडि जानकारी गराउनुपर्ने रहेछ ।’
शाही साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर आजका मितिसम्म एक जना मन्त्रिपरिषद् सदस्य पनि नियुक्त गर्न सकेका छैनन् ।
Read full story at source (ratopati.com)