थबाङको पहिरोमा पुरिएर पाँच जनाको मृत्यु, आठ बेपत्ता
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका-५ कोतलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा पाँच जनाको मृत्यु भएको छ । पहिरोमा परी आठ जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परी मृत्यु हुनेमा थबाङ-५ की १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन् ।
Read full story at source (hamrakura.com)