कोलम्बियामा भूकम्पको भग्नावशेषबाट ४८ घण्टापछि ८ जनाको जीवितै उद्धार
barnanmedia.com · Thu Aug 13 11:49:01 GMT 2026

कोलम्बियामा दुई दिनअघि आएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य जारी रहँदा भग्नावशेषबाट आठ जनाको जीवितै उद्धार गरिएको छ । पश्चिमी क्षेत्रका विभिन्न सहरलाई प्रभावित पार्ने गरी सोमबार बिहान स्थानीय समयअनुसार ७ः३४ बजे ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पका कारण काली सहरस्थित ‘टोरेस डेल लिमोनार’ नामक आवासीय भवन पूर्णरूपमा भत्किएको थियो । भवन भत्किँदा दर्जनौं मानिस भग्नावशेषमा पुरिएका थिए । उद्धारकर्मी र स्वयंसेवकहरूले निरन्तर रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गर्दै आएका छन् ।
Read full story at source (barnanmedia.com)