कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
corporatenepal.com · Thu Aug 13 11:56:03 GMT 2026

बोगोटा । पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६५ पुगेको छ भने भग्नावशेषमा फसेका मानिसको खोजी जारी रहँदा करिब ५०० जना अझै बेपत्ता छन् । लगातार आइरहेका परकम्पले उद्धार तथा खोजी कार्यमा चुनौती थपिए पनि सुरक्षाकर्मी र उद्धारकर्मीले प्रभावित क्षेत्रमा अभियान जारी राखेका छन् ।
कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रियेलाले राज्य टेलिभिजनमार्फत सम्बोधन गर्दै भूकम्पबाट क्षतिग्रस्त अस्पताल, विद्यालय, घर तथा अन्य पूर्वाधार पुनर्निर्माणका लागि आपतकालीन कोष स्थापना गरिने बताएका छन् । उनले विपत्तिबाट भएको क्षति सम्बोधन गर्न आर्थिक आपतकालसमेत घोषणा गर्नुभएको छ । यद्यपि उक्त घोषणाअन्तर्गत तत्काल कुन–कुन कदम चालिने भन्ने उनले स्पष्ट पारेका छैनन् ।
Read full story at source (corporatenepal.com)