कोशी प्रदेशसभाको बैठक भदौ ३ गते बस्ने
khabarhub.com · Thu Aug 13 12:02:58 GMT 2026

विराटनगर- कोशी प्रदेशसभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते दिउँसो १ बजे बस्ने भएको छ।
कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जारी गरेको सूचनाअनुसार बैठक कोशी प्रदेशसभा परिसर, कटहरीमा बस्नेछ। यसअघि गत असार २४ गते अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो।
Read full story at source (khabarhub.com)