अर्जुन सापकोटाको फिल्मी गायनमा डेब्यु, ‘ककाकिकी’ को शीर्ष गीतमा मेलिना राईसँग स्वर मिलाउँदै
kalakarmi.com · Thu Aug 13 11:51:16 GMT 2026

काठमाडौं- लोकप्रिय गायक अर्जुन सापकोटाले फिल्मी गायनमा डेब्यु गरेका छन् । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ककाकिकी’ को शीर्ष गीत गाउँदै उनले फिल्मी गायनमा प्रवेश गरेका हुन् ।
अर्जुनकै संगीत तथा हुकलाइन रहेको गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ भने गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन् । गीतको भिडियोको छायांकनसमेत सम्पन्न भइसकेको निर्देशक बिक्की अगरवालले जानकारी दिएका छन् ।
Read full story at source (kalakarmi.com)