देउवाको स्वदेश फिर्ती र कांग्रेसभित्रको शक्ति संघर्ष : गगन नेतृत्वको पहिलो ठूलो परीक्षा
nepalsamaya.com · Thu Aug 13 12:07:48 GMT 2026

काठमाडौं। शेरबहादुर देउवा स्वदेश फर्किएपछि नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष फेरि चर्किएको छ। अहिले कांग्रेसको नेतृत्व गगनकुमार थापाको हातमा छ। त्यसैले देउवाको फिर्तीलाई पुरानो नेतृत्वको सामान्य सक्रियताभन्दा नयाँ नेतृत्वसँगको निर्णायक शक्ति संघर्षको सुरुआतका रूपमा हेर्न थालिएको छ।
गगन थापा विशेष महाधिवेशनबाट सभापति बनेपछि कांग्रेसले नेतृत्व परिवर्तनको नयाँ चरण सुरु गरेको छ। तर देउवा पक्षले यो नेतृत्वलाई सहज रूपमा स्वीकार गरिसकेको छैन। विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनसम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुगेको छ। अदालतले मुद्दा पुनरवलोकन गर्न अनुमति दिएपछि देउवा पक्षलाई केही राजनीतिक राहत मिलेको छ।
Read full story at source (nepalsamaya.com)