फ्लेम अवार्ड्समा नेपालको दबदबा, ५ एजेन्सीले जिते १७ अवार्ड
news24nepal.tv · Thu Aug 13 12:19:00 GMT 2026

काठमाडौँ । फ्लेम अवार्ड्स एशिया २०२६ मा नेपाली विज्ञापन तथा मार्केटिङ कम्युनिकेसन्स क्षेत्रले उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालका पाँच एजेन्सीले विभिन्न विधामा कुल १७ अवार्ड जित्दै क्षेत्रीय मञ्चमा आफ्नो बलियो उपस्थिति देखाएका छन् । नेपालले जितेका अवार्डमा १३ गोल्ड, ३ सिल्भर र १ ब्रोन्ज रहेका छन् । नयाँ दिल्लीस्थित ताज भिभान्त, द्वारकामा शुक्रबार आयोजित समारोहमा विजेता एजेन्सीलाई अवार्ड प्रदान गरिएको हो ।
यस वर्ष आउटरीच नेपाल, लेमन, डिजिटल इन, स्टर्म कम्युनिकेसन्स नेपाल र एमएमएम ल्याब्सले अवार्ड जितेका हुन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका लागि तयार गरिएका क्रिएटिभ क्याम्पेनले उपभोक्ता अन्तर्दृष्टि, नवीनता, सिर्जनशीलता, प्रविधि, समुदाय संलग्नता र मापनयोग्य प्रभावका आधारमा विभिन्न विधामा सम्मान प्राप्त गरेका हुन् ।
Read full story at source (news24nepal.tv)