बंगलादेशमा नयाँ राष्ट्रपति चयन प्रक्रिया अघि बढ्यो, बीएनपीबाट फखरुल आलमगीर उम्मेदवार
kendrabindu.com · Thu Aug 13 12:33:24 GMT 2026

ढाका। बङ्गलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरलाई आगामी राष्ट्रपति निर्वाचनका लागि पार्टीको उम्मेदवार चयन गरेको छ । उम्मेदवार बनेलगत्तै आलमगीरले पार्टी महासचिव तथा राष्ट्रिय स्थायी समितिको सदस्य पदबाट राजीनामा दिएका छन्।
बीएनपीका वरिष्ठ संयुक्त महासचिव रुहुल कबिर रिजवीले प्रधानमन्त्री कार्यालयअगाडि रहेको पार्टी सचिवालयमा बिहीबार राष्ट्रिय स्थायी समितिको बैठकपछि पत्रकार सम्मेलनमार्फत आलमगीरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेका हुन्।
Read full story at source (kendrabindu.com)