जगन्नाथ थपलियाले भने– स्वास्थ्यमा सुधार हुँदैछ, तत्काल राजनीतिक गतिविधिमा सक्रिय हुन सक्दिनँ
khabarhub.com · Thu Aug 13 12:32:28 GMT 2026

काठमाडौं – नेकपा एमाले बागमती प्रदेशका नेता जगन्नाथ थपलियाले आफ्नो स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको बताएका छन्। उनले स्वास्थ्यसम्बन्धी अपूर्ण, गलत तथा अतिरञ्जित समाचार र सामाजिक सञ्जालमा आएका सामग्रीका आधारमा निष्कर्षमा नपुग्न आग्रह गरेका छन्।
थपलियाका अनुसार साउन १८ गते बागमती प्रदेशको समसामयिक राजनीतिक विषयमा केन्द्रित छलफलमा सहभागी भइरहेका बेला उनको रक्तचाप र मधुमेहमा अचानक असन्तुलन देखिएपछि स्वास्थ्यमा गम्भीर जटिलता उत्पन्न भएको थियो। चिकित्सकको सल्लाहअनुसार थप परीक्षण र उपचारका लागि उनी करिब आठ दिन वीर अस्पतालमा भर्ना भएर उपचाररत थिए।
Read full story at source (khabarhub.com)