धान रोपाई मधेश प्रदेश सत–प्रतिशत नजिक
rajdhanidaily.com · Thu Aug 13 12:40:37 GMT 2026

वीरगन्ज । धान खेतीको अपार सम्भावना बोकेको मधेश प्रदेशका सबै जिल्लामा यो वर्ष उत्साहजनक रोपाई भएको छ । मधेशका किसानले धानको बिउ राख्न सुरुमा आकाशे पानी निकै कुर्नु प¥यो । तथापि जेठको अन्तिम तिर बिस्तारै पानी आउन थालेपछि फटाफट बिउ राखी साउनको २८ सम्ममा ९७ दशमलव ७१ प्रतिशत धान रोपाई यहाँ सम्पन्न भएको हो ।
कृषि फसलको महत्त्वपूर्ण बाली मध्ये धान खेतीका लागि मधेश प्रदेश मुलुककै उत्कृष्ट भूगोलमा पर्छ । फलतः केही नहर तथा कुलो र आकाशे पानीको भरमा साउन २८ गतेसम्म यो प्रदेशमा कुल ३ लाख ७३ हजार ६ सय ९३ दशमलव २९ क्षेत्रफल जमिनमा धान रोपाई सम्पन्न भएको मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पुष्टि गरेको छ ।
Read full story at source (rajdhanidaily.com)