त्रिविको प्राज्ञिक परिषद् नै हुन सकेन गठन, शैक्षिक क्यालेन्डर धकेलिने जोखिम
ratopati.com · Thu Aug 13 12:45:00 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा. भोला थापा नियुक्त भएको ४० दिन बितिसक्दा पनि मुख्य पदाधिकारीहरू चयन हुन सकेका छैनन् । जसका कारण विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक कार्यहरू गम्भीर रूपमा प्रभावित भइरहेका छन् । थापा गत असार १९ गते उपकुलपतिमा नियुक्त भएका थिए ।
विश्वविद्यालय अझै पनि निमित्त शिक्षाध्यक्ष र निमित्त रजिस्ट्रारकै भरमा चलिरहेको छ । हाल विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्राडा. शंकरप्रसाद खनाल निमित्त शिक्षाध्यक्ष र व्यवस्थापन संकायका डिन प्राडा. महानन्द चालिसे निमित्त रजिस्ट्रारको जिम्मेवारीमा छन् ।
Read full story at source (ratopati.com)