इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
barnanmedia.com · Thu Aug 13 12:37:16 GMT 2026

इन्डोनेसियाको बालीस्थित पर्यटकीय टापु नजिकै यात्रुवाहक डुङ्गामा आगलागी हुँदा एक जनाको मृत्यु हुनुका सथै २११ जनालाई सकुशल उद्धार गर्न सफल भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् ।
आधिकारिक रिपोर्टअनुसार आगलागीको घटनामा एक जना इन्डोनेसियाली महिलाको मृत्यु भएको पुष्टि भएको छ । डुङ्गा बालीबाट लोम्बोक टापु जाने क्रममा स्थानीय समय अनुसार बुधबार बिहान ४ः१५ आगलागी भएको जनाइएको छ । राष्ट्रिय खोजी र उद्धार एजेन्सी, इन्डोनेसियाली नौसेना, समुद्री प्रहरी र सामुद्रिक जहाज र उद्धार कर्ताले सकुशल उद्धार गरिएका मानिसलाई बाली र लोम्बोक बन्दरगाहमा लगेको जनाइएको छ ।
Read full story at source (barnanmedia.com)