निरोशन डिकवेलाले फेरि लुम्बिनी लायन्सबाट एनपिएल खेल्ने
kendrabindu.com · Thu Aug 13 13:09:33 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको विजेता लुम्बिनी लायन्सले श्रीलंकाका विकेटकिपर/ब्याटर निरोशन डिकवेलालाई आगामी सिजनका लागि पनि टोलीमा राख्ने भएको छ।
डिकवेला गत सिजनको मध्यभागमा लुम्बिनीको टोलीमा आबद्ध भएका थिए। उनी भित्रिँदा टोलीले सुरुआती तीन खेल गुमाइसकेको थियो। त्यसपछि भने लुम्बिनीले लगातार प्रभावशाली प्रदर्शन गर्दै बाँकी सबै ६ खेल जितेर पहिलो एनपिएल उपाधि उचालेको थियो।
Read full story at source (kendrabindu.com)