शिर निहुर्याएर विदेशिएका देउवा रुफटपमा फर्किए !
khabarhub.com · Thu Aug 13 13:06:30 GMT 2026

काठमाडौं – गत फागुन १३ गते गोप्य रूपमा उपचारका लागि सिंगापुरतिर गएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार तामझामसहित स्वदेश फर्किएका छन् ।
गत वर्षको भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा एउटा समूहले कुटपिट गर्दा नराम्रोसँग घाइते भएका देउवा साढे ५ महिनादेखि विदेशमा थिए । उनी उपचारको सिलसिलामा सुरूमा सिंगापुर पुगे। त्यहाँबाट चैत ७ गते हङकङमा रहँदै आएका थिए । बिहीबार देउवा हङकङबाट थाइल्यान्ड हुँदै नेपाल आइपुगे । तर पत्नी आरजु र छोरा जयवीर उतै बसे ।
Read full story at source (khabarhub.com)