पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सर्वोच्चले माग्यो लिखित जवाफ
ratopati.com · Thu Aug 13 13:11:18 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग लिखित जवाफ माग गर्ने आदेश दिएको छ।
नीतिगत निर्णय गर्ने तत्कालीन दुई प्रधानमन्त्रीलाई प्रतिवादी बनाएर अनुसन्धान गर्नुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिट हेर्दाहेर्दैमा राखेर प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले विपक्षीहरूसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो।
Read full story at source (ratopati.com)