इप्पानको निवर्तमान अध्यक्ष गणेश कार्कीसहित तीन जना अर्थमन्त्रीका नयाँ सल्लाहकार
corporatenepal.com · Thu Aug 13 13:26:00 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेका छन् । नयाँ सल्लाहकारमा एक जना उर्जा उत्पादकहरुको संस्था इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्की पनि छन् ।
मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई सल्लाहकार (निजी क्षेत्र) नियुक्त गरेका छन् । यसअघि नै मन्त्री श्रेष्ठले विवेकराज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकेका छन् ।
Read full story at source (corporatenepal.com)