पहिरो प्रभावितको तत्काल उद्धार र राहतको व्यवस्था गर्न प्रचण्डको आग्रह
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी रुकुमलगायत मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेको र जनजीवन प्रभावित भएकोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत प्रचण्डले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, घाइतेको उपचार तथा पीडित परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन् ।
Read full story at source (hamrakura.com)