बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए
ratopati.com · Thu Aug 13 13:51:11 GMT 2026

तनहुँ। बन्दीपुर अस्पतालले तीन सय ६५ दिन नै सेवा प्रदान गरेको छ। बन्दीपुर गाउँपालिका मातहत रहेको अस्पतालले शनिबार र सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा अस्पतालले २३ हजार नौ सय ८० जनालाई सेवा प्रदान गरेको अस्पतालका प्रमुख डा. अनिल गिरीले जानकारी दिए। उनका अनुसार नियमित बहिरङ्ग सेवातर्फ १२ हजार एक सय ७१ तथा अतिरिक्त बहिरङ्ग सेवातर्फ ११ हजार आठ सय नौ जनाले सेवा लिएका छन्।
Read full story at source (ratopati.com)